बुटवल, ७ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ मा सैनामैना पर्रोहा माबि र नवरत्न माबि विजयी हुदै अन्तिम आठमा स्थान बनाएका छन । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा आईतबार भएको खेलमा सैनामैना पर्रोहा माबिले कोलिया ईगलिस बोर्डिङ स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ ।
सैनामैनाको जितमा सुभाष नेपालीले २ तथा नबिन बिकले २ गोल गरे । सुभाष खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि नवरत्न माबिले स्कलर्स होमलाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको छ । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा उत्कृष्ट बचाउ गर्ने नवरत्नका गोलकिपर अजय घमाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि अर्को खेलमा नबिन औद्योगिक माबिले लुम्बिनी शिक्षालयलाई ४–० गोलले पराजित गरेको छ । नबिनको जितमा रोयल पंगेनीले २, कुलचन्द्र गुरुङ र अजित हमालले १/१ गोल गरे । खेलमा रोयल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार रुपैया तथा उपविजेता टिमले नगद ३१ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । भदौ ८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका ४४ टिमले भाग लिएका छन ।




















