Spread the love

बुटवल, ७ भदौ ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले नेपालको शिक्षा नीतिमा दर्शनको स्पष्ट धार देखिन नसकेको दाबी गरेका छन् । उनले पूर्वीय दर्शनले शिक्षालाई सिक्ने र सिकाउने प्रक्रियाका रूपमा लिने तथा पश्चिमा दर्शनले तथ्य, प्रमाण र तर्कका आधारमा विषयलाई प्रमाणित गर्ने गरेको बताए । तर नेपालको शिक्षा नीति कुन दर्शनको धारमा आधारित हुने भन्ने कुरा अझै स्पष्ट हुन नसकेको उनको भनाइ छ । ‘पूर्विय दर्शनको शिक्षाले मानिसहरुलाई सुखि र ज्ञानी बनाउने भन्छ भने पश्चिम दर्शनको शिक्षाले धनि र समृद्ध बनाउने भन्छ ।’– उनले भने । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एमसिई नेपाल) को लुम्बिनी प्रदेशस्तरीय शिक्षा संवाद कार्यक्रमको आईतबार भालुवाङमा उद्घाटन गर्दै हाम्रो शिक्षा निति कुन धारमा छ भन्ने कुरा आजको मुख्य बहसको विषय भएको उनले बताए । ‘बैचारिक, सैद्धान्तिक, दार्शनिक बहस अब यहाबाट शुरु गरौ ।’– उनले भने । अहिलेको शिक्षा नीतिबाट मानिसहरु शिक्षित भएको तर ज्ञानी बनाउन नसकिएको भन्दै उनले शिक्षित भएर लाईसेन्स र जागिर पाएपनि अब देश, परिवार, समाजको बारेमा बुझनेतर्फ लाग्न नसकेको दुखेसो गरे । देशमा यति धेरै राजनीतिक परिवर्तन भएपनि कानुन बन्न नसकेको तर्फ इकित गर्दै उनले आफु ४ वर्षको अवधिमा धेरै प्रयास गर्दा पनि संघका कारण नै अघि बढ्न नसकेको बताए । नेपालमा अझै पनि २०२८ सालको शिक्षा नीति लागू भएको उनले बताए ।

कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष लवराज वलीले संस्थाको बारेमा जानकारी दिदै यो एउटा अभियान भएको बताए । ठोस कार्यक्रम, परियोजना चलाउने भन्दा पनि सिकाईलाई आदानप्रदान, राज्यलाई शिक्षाका राम्रा अभ्यासहरुको बारेमा जानकारी दिदै झकझकाउने काम गरिरहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वस्थ्यमन्त्री विष्णु पन्थीले आवश्यकताको आधारमा विद्यालयहरु स्थापना हुनुपर्ने तर्क दिदै नया ढंगबाट संस्थाको गुणस्तरको आधारमा अघि बढाउन जरुरी रहेको बताए । विनियोजन भएको बजेट समयमा पुरा गर्नुपर्ने उनले तर्क दिदै बजेटको योजनामा नै कमी रहेको बताए ।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राम गैरेले शिक्षालाई मौलिक हकका रुपमा स्विकारेको हुदा यसको पहुच र गुणस्तरको सुधारको जिम्मा सरकारको भएको बताए । निशुल्क शिक्षा राज्यको जिम्मेवार भएको उनले बताउदै देशको अर्थतन्त्रसंग शिक्षा जोडिएको हुदा पनि शिक्षामा राज्यबाट पूर्ण रुपमा लगानी हुनुपर्ने बताए । सार्वजनिक शिक्षा प्रणाली कमजोर बनाउने गरि अभिभावकको लगानी जरुरी हुने गलत भाष्य बजारमा रहेको उनको बताए । सरकारसंग संयन्त्र रहेको, पाठ्यपुस्तक निशुल्क, धेरै स्थानिय तहबाटसमेत अग्रसरता अघि बढाएको हुदा निशुल्क र गुणस्तरीय शिक्षा सम्भव रहेको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास समितिका सदस्य रेखा शर्मा, शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी चौधरी, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, लुम्बिनी प्रदेश संयोजक समिता मल्लले शिक्षामा बजेटको अवस्था, निशुल्क र अनिवार्य शिक्षा कार्यान्वयनका चुनौतीहरुका बारेमा बताए ।

यसैबिच शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एमसिई नेपाल) को लुम्बिनी प्रदेशको अधिवेसनबाट कृष्ण मल्लको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको सहयोजक रुपलाल चौधरी, सचिव सावित्रा घिमिरे, कोषाध्यक्ष रिता थापा बोहरा, सदस्यहरुमा प्रकाश भ्रुतेल, चन्द्रकला पुन, बसन्ता गहतराज, चोपलाल गिरि, तिल कुमारी श्रेष्ठ, गिता भुषाल, सिता कुमारी चौधरी सर्वसम्मत निर्वाचित भएका छन । कार्यक्रममा नवनिर्वाचित संयोजक मल्लले आफुमाथि आएको जिम्मेवारी चुनौतीका रुपमा लिएको भन्दै यसमा सबैको साथ र सहयोग लिएर अघि बढ्ने बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्