बुटवल, ६ भदौ ।
आर्दशनगरकी जेलियन मल्ल विगत ३ वर्षदेखी मार्शल आर्ट सिक्छिन । साझ विद्यालय सकेर उनि सिधै तेक्वाण्दो सिक्न बाल मन्दिर आउछिन । कान्ति माबिमा कक्षा १० मा अध्ययरत उनि सानैदेखी खेलमा रुचि लाग्ने गरेको बताईन । उनको यो रुचिलाई पुरा गर्यो आरके तेक्वाण्डो एकेडेमीको निशुल्क प्रशिक्षणले । आत्मरक्षाको खेल मानिने तेक्वाण्दो सिकेर शारीरिक र मानसिक रुपमा समेत फाईदा मिलेको उनि बताउछिन । ‘पढाई र खेलको समयतालिका मिलेको छ ।’– उनले भने । स्कुल सकेपछि उनि प्रशिक्षणमा आउछिन । शुरुवातमा फुटबल खेल्ने रहर बोकेर आएकी उनि अहिले तेक्वाण्डोतर्फ आर्कषित भईन । फुटबलमा पनि मेयर कपमा भाग लिएको उनि बताउछिन । फुटबल प्रशिक्षण रोकिएपछि भने उनि तेक्वाण्डोतिर लागिन । खेलको निरन्तरताकै कारण उनि अहिले ब्ल्याक बेल्टसम्म पुगेकी छिन । तेक्वान्दोबाट समेत नगर, जिल्ला राष्ट्रपति कपमा भाग लिएकी छिन । खेल जिवनसंगै कोच बनेर भविष्यमा अरुलाई खेल सिकाउने लक्ष्य उनको छ ।
लक्ष्मीनगरकी अप्सरा पुन मगर सानैदेखि खेलमा रुचि थियो । प्युठान घर भएकी उनि दुई दिदी र आमासंगै पढाईकै लागि बुटवल लक्ष्मीनगर बस्दै आएकी छिन । बुबा बैदेशिक रोजगारमा रहेकी उनको खेल जिवन बुटवलको बाल मन्दिरबाट शुरु भएको हो । निशुल्क प्रशिक्षणले उनको ईच्छा पुरा गरेको छ । पछिल्लो एक वर्षदेखि भने उनि बाल मन्दिरमा तेक्वान्दो सिक्दै छिन । त्यो पनि निशुल्क । स्कुलबाट बिदा भएर घर फर्कदा बाल मन्दिरमा खेल खेलेको हेर्ने उनि आफै एकदिन यहा सिक्छु भन्ने कल्पना समेत गरेकी थिईनन । सेतो सफा ड्रेस त्यसमाथि विभिन्न रंगका बेल्ट बाधेर विभिन्न हाउभाउसहित खेलाडीहरु खेल सिक्दै गर्दा उनि आफु पनि त्यसरी नै खेल खेल्ने कल्पना गर्छिन । कक्षामा साथीहरु निशुल्क खेल सिक्ने गरेको थाहा पाएपनि उनि पनि यसमा सहभागी भईन । भविष्यमा खेलाडीका रुपमा देशलाई चिनाउने उनको लक्ष्य छ । धेरै प्रतियोगीमा मेडल जित्न सफल उनि खेललाई नछोडेन प्रण गर्छन । हाल ज्ञानोदय कक्षा ११ अध्ययरत उनि डेढ वर्षदेखि नियमित खेल प्रशिक्षणमा छिन । ‘खेल सिक्ने ईच्छा पुरा भयो, अब अरुलाई पनि सिकाउने छु ।’– उनले भनिन । यो खेल सबैलाई आवश्यक पर्ने उनको तर्क छ । शारीरिक आक्रमणबाट बच्न सक्ने क्षमता विकास हुने खेल भएको उनले बताईन ।
मल्ल र मगर जस्तै कान्ति माबि, ज्ञानोदय, उजिरसिह, बुटवल माबिमात्र नभई निजि विद्यालयहरुका समेत करिब २ सय विद्यार्थीहरु बाल मन्दिरमा नियमित तेक्वान्दो सिक्छन । यो अभियानलाई सार्थक बनाउने काम गरे तेक्वान्दोका गुरु राजकुमार पाण्डेले । उनकै अगुवाईमा यो प्रशिक्षण भैरहेको छ । एउटा खेलाडीले आफुसंग भएको कला अरुलाई दिन र नया युवा खेलाडी उत्पादनमा थोरै भएपनि लगानी गर्न पाउदा उनि खुशी छन । ‘आफुसंग भएको कलालाई बाड्न पाउदा धेरै खुशी छु ।’– उनले भने । बेलाबेला विभिन्न दाताहरुबाट सहयोग जुटाएर उनले खेलाडीहरुलाई खेल सामग्री र ड्रेस समेत निशुल्क वितरण गर्दै आएका छन । उनको यो काममा उनलाई आफना चेलाहरुले सहयोग गरेका छन । नियमित पालो गरेर प्रशिक्षण गराउछन । खेल प्रशिक्षण हुदै सेकेण्ड डन भई दक्षता प्राप्तपछि अन्य विद्यालयहरुमा खेल सिकाएर स्वरोजगार समेत बनेको उनि बताउछन । ‘चेष्टप्याड, किक प्याड, हेड गार्ड, ह्याड गार्ड जस्ता खेल सामग्रीको समस्या छ ।’– उनले भने । सरकारी विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई लक्षित गरि संचालन गरिएको निशुल्क तालिममा अन्य विद्यालयबाट समेत खेल्न आउने गरेको उनि बताउछन ।
केही समय महिला फुटबल पनि प्रशिक्षण गराएको भएपनि यसलाई निरन्तरता दिन भने कठिनाई भएको उनि बताउछन । सरकारले गर्नुपर्ने काम एउटा भोलिन्टियर प्रशिक्षकले गर्दै गर्दा पनि उनलाई खासै सहयोग भने भएको छैन । कुनै बेला रुपन्देहीको मार्शल आर्टले विश्वमा नै नाम कमाएको उनको स्मरण छ । खेल क्षेत्रमा सरकार, सरोकारवाला ब्यक्तिहरुको आवश्यक लगानी र भुमिका हराउदा खेल क्षेत्र ओझेलमा परेको उनको दुखेसो छ । भोलिन्टियर प्रशिक्षकबाट गरिएको खेल विकासको अग्रसरतालाई सरकार, खेलप्रेमी र सरोकारवाला ब्यक्तिहरुको सहयोगको आवश्यकता छ ।
भिडियो रिर्पोट





















