बुटवल, ५ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को दोस्रो चरणको पहिलो खेलमा होराईजन जिबिएस विजयी भएको छ । होराईजन जिबिएसले श्री सरस्वती माबिलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
यसैगरि शुक्रबार नै भएको अर्को खेलमा नयागाउ माबिले देवदह ईगलिस बोर्डिङ स्कुललाई २–० गोल तथा श्री युगज्योती माबिले त्रिभुवन एकेडेमीलाई ट्राईबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेका छन ।
सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो खेलमा होराईजन जिबिएसको जितमा टेक बहादुर थापाले गोल गरे । यसैगरि विपक्षी टिमबाट आत्मघाती गोलबाट होराईजनले अग्रता दोब्बर गरेको थियो । खेलमा टेक बहादुर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि नयागाउको जितमा सुमित गौतम र पदम बरालले गोल गरे । खेलमा पदम म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि शुक्रबार अन्तिम खेलमा युगज्योतीका आर्यन दर्जीले र त्रिभुवन एकेडेमीका सुभम चिडीले गोल गरेको थिए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय ट्राईबेकरमा लिईएको थियो । युगज्योतीका अरुण थापा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।





















