Spread the love

बुटवल, ४ भदौ ।
बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ को चौथो दिनका खेलमा लुम्बिनी शिक्षालय, युगज्योती माबि र सेन्ट जोसेफ स्कुल विजयी भएका छन ।

सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईगलिस सेकेण्डरी स्कुलको आयोजनामा बिहिबार दिउसो भएको खेलमा लुम्बिनी शिक्षालयले मेडिटेक एकेडेमीलाई २–०, युगज्योती माबिले लुम्बिनी वल्र्डलाई १–० तथा सेन्ट जोसेफ स्कुलले पश्चिमान्चल ईगलिस बोर्डिङ स्कुललाई ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको पहिलो खेलमा लुम्बिनी शिक्षालयको जितमा दिपेश मगर, मानव शाक्यले गोल गरे । खेलमा मानव शाक्य म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि अर्को खेलमा श्री युगज्योती माबिको जितमा एकमात्र गोल मनोज सुनारले गरे । उनि म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

तेस्रो खेलमा सेन्ट जोसेफका प्रिन्स रमाईलीले ३, प्रवेश थापाले २ तथा एलिज थापाले १ गोल गरे । खेलमा प्रिन्स रसाईली म्यान अफ दी म्याचबाट पुरस्कृत भए । शुक्रबारदेखी दोस्रो चरणका खेलहरु हुने विद्यालयका प्राचार्य शंकर भण्डारीले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्