Spread the love

नेपालगन्ज ।
बाँके प्रहरीले नेपालगन्जबाट ठूलो परिमाणमा लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ ठेगाना भएका ३० वर्षीय सुशील भण्डारी र वडा नं. १० का ५५ वर्षीय अरुण कुमार जयसवाल रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५७८ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो । भारतको बहराइचबाट खैरो हेरोइन खरिद गरी कर्णाली तथा लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा बिक्री गर्दै आएका जयसवाल र भण्डारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले बताए ।

प्रहरी टोलीले २०८३ साउन १८ गते नेपालगन्ज उपमहानगरपालिका–४ बाट सुशील भण्डारीलाई १५३ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । त्यसपछि अनुसन्धानका क्रममा प्रहरीले अरुण कुमार जयसवालको घर खानतलासी गर्दा घरको कोठामा रहेको दराजभित्र सञ्चय गरी राखेको थप ४२५ ग्राम खैरो हेरोइन फेला पारी बरामद गरेको जनाएको छ । यससँगै बरामद हेरोइनको कुल मात्रा ५७८ ग्राम १५० मिलिग्राम पुगेको हो ।

प्रहरीले उनीहरूको साथबाट डिजिटल तराजु एक थान, मोबाइल दुई थान, नेपाली रुपैयाँ १ लाख ८० हजार र भारतीय रुपैयाँ २ लाख १४ हजार समेत बरामद गरेको छ । प्रहरीका अनुसार जयसवाल यसअघि पनि लागूऔषध खैरो हेरोइन मुद्दामा पक्राउ परी ३ वर्ष कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । पक्राउ परेका दुवै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्