Spread the love

काठमाण्डौ ।
दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले हिरासतमा राख्न अनुमति नदिएपछि रिहा भएका छन् । सोमबार उनलाई अदालतमा उपस्थित गराउँदा हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिइएको हो।

उक्त आदेशपछि उनी रिहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक कार्कीले जानकारी दिए । आइतबार दिउँसो पत्रकार सम्मेलन गरी उनले सरकारविरूद्ध आन्दोलन घोषणा गरेका थिए।

उक्त घोषणापछि राति प्रहरी उनको भक्तपुरस्थित घरमा पुगेको थियो । प्रहरीले जरूरी पुर्जी थमाएर पक्राउ गरेपछि सोमबार प्रसाईंकी पत्नी उमाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दायर गरेकी थिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्