Spread the love

बुटवल, १६ साउन ।
रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको सातौ स्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक समारोहका बिच रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले क्लबको वेभवाईट सार्वजनिक सहित कार्यक्रमको औपचारिक उद्घाटन गर्दै मानव सेवाको पवित्र भावनाबाट नेतृत्व, क्षमता विकास गर्न क्लब सफल रहेको बताए । उर्जाशिल युवा उमेर समुहलाई एकतावद्ध गरि आफनो पेशा ब्यवसायसंगै सामाजिक कार्यमा अग्रसर हुन सिकाईको थलोका रुपमा संस्था रहेको उनले बताए । समुदायमा लागू औषध न्युनिकरण, सडक दुर्घटनाका साथै विभिन्न जटिल रोगहरुबाट मानिसहरु ग्रसित रहेको बेला यस्ता विषयलाई जोड दिएर सचेतना जगाउने महत्वपूर्ण पाटोमा स्थानिय सरकार, सरोकारवाला संघसंस्थाहरुसंग सहकार्य गरि अग्रसर हुन उनले आग्रह गरे ।

कार्यक्रममा वर्ष २०२५/२६ का अध्यक्ष गौरब पाण्डेयले आफ्नो कार्यकालमा भएका कार्यक्रमहरु बारे प्रकाश पार्दै समाजसेवाका करीब ७० बढि गतिविधिहरु गर्न सफल भएको बताए । कार्यकालमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई मायाको चिनोबाट उनले सम्मान गरे ।

यसैगरि वर्ष २०२६/२७ का अध्यक्ष अदिश ढकालले पदभार ग्रहणसंगै आफ्नो कार्यकालमा गर्ने योजनाबारे जानकारी दिए । कार्यक्रममा पिडिडिआर विक्रम क्षेत्री, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, रोटरीयनहरु यादव भण्डारी, बिमल ढकाल, वर्ष २०२५/२६ का सचिव लक्ष्मण चौधरीले रोट्याक्ट क्लबलाई ब्यवस्थित गर्दै समुदाय लक्षित कार्यक्रममा जोड दिनुपर्ने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्