Spread the love

सिरहा । सिराहाको गोलबजार क्षेत्रमा साउन १४ गते भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार औरही गाउँपालिका–२, मोतिपुरमा गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यस्तै, साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ । सरकारले मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिको प्रतिवेदनमा रहेका सुझाव तथा सिफारिसहरू कानुनअनुसार कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

त्यसैगरी, गणेश यादवको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने तथा पार्कभित्र उनको शालिक स्थापना गर्ने सहमति भएको छ । दुई पक्षबीच सहमति भएपछि केही दिनदेखि तनावग्रस्त बनेको सिरहाको अवस्था सामान्य बन्ने आशा लिईएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्