Spread the love

रौतहट,८ साउन ।

रौतहटमा खुकुरी प्रहार गरी एक ४५ वर्षीया महिलाको हत्या भएको छ । गुजरा नगरपालिका–५ हरिहरपुरकी रेनुदेवी जयसवालको हत्या भएको प्रहरीले जनाएको छ ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८ इटहर बेलाही टोल स्थायी घर भई हाल मृतककै घरमा डेरा गरी बस्ने ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरीे हत्या गरेका हुन् । घटनापछि आक्रोशित स्थानीयले उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका छन् ।

उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर लगिएको र त्यसपछि थप उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको डीएसपी गौतमले जानकारी दिए ।घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्