Spread the love

सिरहा, ३२ असार ।
सिरहाको सिरहा नगरपालिका–७ बाट एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली तथा मोटरसाइकलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतका अन्दाजी २६ वर्षीय रोशन कुमार यादव रहेका छन् ।

प्रहरीले नियमित चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट बिआर ०७ एजेड ४२१५ भएको मोटरसाइकल शंकास्पद देखिएपछि खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ । बरामद गरिएको हतियार, गोली र मोटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र हतियार नेपालमा किन तथा कसरी ल्याइएको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्