Spread the love

काठमाडौं
फिफा विश्व कप २०२६ को दोस्रो सेमीफाइनल खेलमा इङ्ल्यान्डलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना लगातार दोस्रोपटक फाइनल प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सन् १९७८, १९८६ र २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले चौथो पटक उपाधिको लागि फाईनल खेल्दैछ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो २४ वर्षपछि विश्वकपको मैदानमा फर्किएको राइभलरीले पहिलो हाफ ततायो । तर गोल भने निस्किन सकेको थिएन । दोस्रो हाफमा इङ्ल्यान्डले गोल गर्यो । खेलको ५५ औं मिनेटमा एन्थोनी गोर्डनले निकै राम्रो फिनिस गरे । मोर्गन रोजर्सको क्रसमा गोर्डनले उत्कृष्ट गोल गरे ।

खेलको ८५ औं मिनेटमा आएर अर्जेन्टिनाले बराबरी गोल फर्कायो । अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजले बराबरी गोल गरे । लियोनल मेस्सीको उत्कृष्ट पासमा फर्नान्डेजले गोल गरे । खेलकुद निर्धारित ९० मिनेट बराबरीमा रहेको थियो । निर्धारित ९० मिनेटमा ९ मिनेटको इन्जुरी समय थप गरियो । इन्जुरी समयको दोस्रो मिनेटमा लटारो मार्टिनेजले उत्कृष्ट हेडर गोल गर्दै अर्जेन्टिनालाई अग्रतामा ल्याए र यही गोल नै निर्णायक भयो । लियोनल मेस्सीको दायाँ तर्फबाट दिएको क्रसलाई उनले हेडर मार्फत गोल गरेका थिए । अर्जेन्टिनाले उपाधि रक्षाको लागि फाइनलमा स्पेनसँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्