Spread the love

बुटवल, ३० असार ।
रोटरी क्लब अफ बुटवल साउथको रोटरी वर्ष २०२६/२७ का लागि पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । समाजसेवाको भावनासहित स्थापना भएको क्लबको परम्पराअनुसार २६ औँ अध्यक्षका रूपमा समाजसेवी नित्यानन्द ज्ञवाली पद स्थापित भएका हुन् ।
कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर नोमिनी अमित गिरी, क्लबका संस्थापक अध्यक्ष रामचन्द्र आचार्य र क्लबका वर्ष २०२५/२६ का अध्यक्ष विष्णुमाया चिदीले नयाँ कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराए । कार्यक्रममा क्लबको डाइरेक्टरी समेत सामुहिक रुपमा लोकार्पण गरिएको थिए ।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले आफनो कार्यकालको योजनाबारे प्रकाश पार्दै क्लबको गरिमा लाई थप बलियो बनाउने गरि कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष रामचन्द्र आचार्यले रोटरीयनहरूले समाजमा प्रत्यक्ष प्रभाव पार्ने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने काममा केन्द्रित हुनुपर्ने बताए । उनले रोटरीको मूल उद्देश्य अनुसार कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पूर्व रोटरीयन मदनलाल पौडेलले रोटरीको इतिहास स्मरण गराउँदै रोटरीयनहरू अनुशासित, जिम्मेवार र सेवाभावका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष धर्मदत्त ज्ञवाली, पूर्व अध्यक्ष सारदा पंगेनी, क्लबका नोमिनी निसानबाबु कार्की, इलेक्ट ध्रुव केसी र सचिव ज्ञानेन्द्र गिरीले रोटरीको इतिहास र समाजमा गरेको योगदानबारे प्रकाश पारे । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका समाजसेवी तथा जीव संरक्षणमा सक्रिय व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार पनि प्रदान गरिएको थियो । सन् १९०५ मा अमेरिकाको शिकागोमा पल ह्यारिस ले स्थापना गरेको रोटरी आन्दोलन अहिले विश्वका धेरै देशमा विस्तार भई शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, शान्ति स्थापना र सामुदायिक विकासका क्षेत्रमा सामाजिक सेवा गर्दै आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्