Spread the love

काठमाडौँ ।
संसद् बैठकमा अनुपस्थित भएको भन्दै तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । राप्रपा सासद खुश्बु ओली आफनो भनाई राखिरहदा प्रधानमन्त्री शाहसंगै रास्वपा सभापति रबि लामिछानेसहित संसदमा प्रवेश गरेका हुन । मंगलबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्री शाह सहभागी हुने कुनै पूर्वनिर्धारित कार्यक्रम भने थिएन ।

संसद् र जनताप्रति प्रधानमन्त्री जवाफदेही नभएको भन्दै सांसदहरूले लगातार उनको उपस्थितिमाथि प्रश्न उठाउँदै आएका थिए । प्रधानमन्त्रीको यो आकस्मिक उपस्थितिलाई संसद्मा सांसदहरूले चासोका साथ हेरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्