Spread the love

जाजरकोट, २९ असार ।
जाजरकोटमा लगातारको वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना सकुशल उद्धार भएका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार अविरल वर्षाका कारण भेरी नगरपालिका–२ राउडीमा आइतबार पहिरो खस्दा अस्थायी टहरा पुरिएको हो ।

घटनामा करिब ६० वर्षीय जयशिला शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा टहराभित्र रहेका उनकी करिब ४० वर्षीया छोरी मेनुका शाह र करिब ७ वर्षका नातिनी टिका थापालाई स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी प्रहरी निरीक्षक सुधिर कुमार खड्काले बताए । प्रहरीका अनुसार निरन्तर वर्षासँगै पहिरोको जोखिम उच्च रहेकाले पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्