Spread the love

काठमाडौं,२६ असार ।
राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा निधन भएको छ ।

नेपालीको उपचारको क्रममा निधन भएको काठमाडौं प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले बताए । नेपालीको अनुहार, टाउको, घाँटी छाती जलेको र शरीरको भित्री अंगहरूमा असर पुगेको अस्पतालले जनाएको छ ।

वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पु¥याएको थियो । नेपालीले हिजो त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्