Spread the love

काठमाडौं, १८ कात्तिक ।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका पाँच प्रदेशमा आंशिक बदली हुने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा पनि आंशिक बदली हुने अनुमान गरिएको छ। अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना छ।

यसैगरी, बुधबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु तथा कुहिरो लाग्न सक्ने जनाएको छ।

">
Bajaj Grand Exchange Mela