Spread the love

पाल्पा, १६ असार ।
पाल्पाको एक सहकारीले आफनो स्थापना दिवसमा एक बाल आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मदनपोखरा संगम सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसको अवसरमा तानसेन –१, धवाघाटमा रहेको अभियान संस्थालाई खाद्यान्य हस्तान्तरण गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष घनश्याम घिमिरेले खाद्यान्न हस्तान्तरण गर्दै सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही समाजप्रतिको दायित्व पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए । उनले स्थापना दिवसलाई औपचारिक कार्यक्रमभन्दा सेवामूलक कार्यसँग जोड्दै विपन्न तथा आश्रित बालबालिकालाई सहयोग गरिएको उल्लेख गरे ।

कार्यक्रममा सहकारीका उपाध्यक्ष सन्तोष अर्याल, कोषाध्यक्ष दिलमाया थापा, सदस्य बालकृष्ण बस्याल, नरेश घिमिरे, ममता पाण्डे र कर्मचारीमा व्यवस्थापक अनिषा ढकाल, सहायक व्यवस्थापक मनोज ज्ञवालीले सहकारीबाट विगतबाट संचालन भएका सामाजिक गतिविधिबारे प्र्रकाश पारे ।

सिलोम भन्ने अष्ट्रेलियन नागरिकको सहयोग तथा अभियान संस्थाको संरक्षणमा संचालन रहेको संस्थामा अभिभावक बिहिन १८ जना अनाथ बालबालिका आश्रित रहेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्