Spread the love

बुटवल, १५ असार ।
रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरिएका करिब २० लाख ५० हजार रुपैयाँ बराबरका विभिन्न मोडलका ३५ वटा आइफोनसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान करिब १०ः३० बजे रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ बेनिनगरमा आकस्मिक चेकपोस्ट स्थापना गरी सवारीसाधन जाँच गर्ने क्रममा भारततर्फबाट आउँदै गरेको यूपी ५६ डीएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल रोकेको थियो।

जाँचका क्रममा कोटहीमाई गाउँपालिका–२ निवासी ३६ वर्षीय पवनकुमार मुरावले चलाएको उक्त मोटरसाइकलमा भन्सार छली गरी नेपाल ल्याइँदै गरिएका विभिन्न मोडलका एप्पल आइफोन फेला परेका प्रहरीले जनाएको छ।

बरामद गरिएका मोबाइलमा आईफोन–१३ (१२८ जीबी) ७ थान, आईफोन १२ –१७ थान, आईफोन–१२ प्रो म्याक्स (२५६ जीबी) २ थान, आईफोन–१३ (२५६ जीबी) १ थान, आईफोन–१३ प्रो म्याक्स (२५६ जीबी) १ थान, आईफोन–१४ प्रो (२५६ जीबी) १ थान, आईफोन–१४ प्रो म्याक्स (२५६ जीबी) १ थान, आईफोन–११ (१२८ जीबी) ४ थान र आईफोन–१५ (१२८ जीबी) १ थान रहेका छन् ।

बरामद मोबाइल र भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिइएका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्