Spread the love

बुटवल,१२ असार

बुटवलमा मेट्रो आई केयर लुम्बिनी सञ्चालनमा आएको छ । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने गरी बुटवल –८ सुख्खानगरमा सञ्चालनमा आएको हो । अस्पतालमा फेको सेन्टर सञ्चालन गरी बिना इन्जेक्सन आँखाको उपचार प्रदान सुरु गरेको छ ।

अस्पतालले बालबालिकाको आँखाको सबै उपचार सेवा, जलविन्दु, मोतियाबिन्दू, रेटिना क्लिनिकसहित विभिन्न युनिटमा आइ केयरले सेवा प्रदान गर्ने जनाएको छ । अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि अब काठमाडौं र भैरहवासम्म जानुपर्ने बाध्यता अन्त्य भएको आइ केयरका दृष्टी विशेषज्ञ अमित केसीले बताए ।

लामो समयदेखि दृष्टी सम्बन्धी सेवामा कार्यरत अस्पतालका दृष्टी विशेषज्ञ प्रभात जिसीले अस्पताल सेवाको भावले सञ्चालनमा गरिएको बताए ।आँखाको पर्दा सम्बन्धी सबै उपचारको प्याकेज सहित मधुमेह र उच्च रक्तचापका कारण आँखा सम्बन्धी दृष्टीमा समस्या आएका विरामीको पनि उपचार हुने बताईएको छ ।

३० लाख लगानीबाट सुरु गरिएको अस्पतालमा १ करोड ३० लाख रुपैया लगानी पुगेको छ । अस्पतालमा ५ जना विशेषज्ञ टिम रहेको छ । अस्पतालले सुगर र प्रेसरबाट जोगिएर आँखाको दृष्टी जोगाउ भन्ने उद्देश्यसहित यहीँ असार १४ गतेदेखि १९ गतेसम्म निःशुल्क सुगरको चेकजाँच अस्पतालले जनाएको छ ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्