काठमाडौँ,१२ असार । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ ।
उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै पौडेलकी श्रीमती दोमाया पौडेलले यही असार १० गते अदालतमा रिट निवेदन दिएकी थिइन्। असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।



















