Spread the love

काठमाडौँ,११ असार ।

अवैध नेपाली रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको साङ्गली जिल्ला महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली लाई पक्राउ गरेको हो ।

काठमाडौँको ज्याठा ठहिटी एरियामा केही व्यक्तिले अवैध विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन, चाँदी ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

निजको साथबाट नेपाली रु सात लाख ३० हजार, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न टुक्रा १७ थान, (तौल ७५ ग्राम) तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्