Spread the love

बुटवल, ११ असार ।
रुपन्देहीको बुटवलस्थित योगीकुटीमा रहेको बुटवल विद्युत् सबस्टेसन परिसरबाट १५ वटा अजिङ्गर (पाइथन) का बच्चाहरू उद्धार गरिएको छ । सर्प उद्धारकर्ता नवीन पाण्डेले सबस्टेसन नजिक कन्ट्रोल रुपमा एउटै स्थानमा अजिङ्गरका बच्चाहरू फेला पारी उद्धार गरेका हुन् ।

एउटै स्थानमा यति धेरै संख्यामा अजिङ्गरका बच्चा भेटिनु दुर्लभ घटना भएको उनले बताए । उद्धार गरिएका अजिङ्गरका बच्चाहरूलाई आवश्यक निरीक्षणपछि मानव बस्तीबाट टाढा प्राकृतिक वासस्थानमा सुरक्षित रूपमा छाडिने उनले बताए । अजिङ्गर विषालु नभए पनि वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण सर्प प्रजातिका रूपमा चिनिन्छन् ।

सर्प उद्धारकर्ता पाण्डेले वर्षायाममा सर्पको गतिविधि बढ्ने भएकाले सर्प देखिएमा आत्तिनुभन्दा पनि सम्बन्धित उद्धारकर्तालाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । यसअघि पनि तिलोत्तमाको एक घरबाट ठूलो परिमाणमा विषालु सर्प नै भेटिएको थियो ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्