Spread the love

बुटवल, ८ असार ।
समाज रूपान्तरण, नैतिक मूल्यको प्रवद्र्धन तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले विश्व नवनिर्माण अभियानको औपचारिक शुभारम्भ गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको राजयोग सभाहल बुटवलमा अभियानसँगै मिडिया प्रभाग नेपालको राष्ट्रिय शुभारम्भ समेत गरिएको छ । अभियानले वर्षभरि नै विभिन्न सचेतनामूलक कार्यक्रम, अन्तरक्रिया तथा सामाजिक अभियान सञ्चालन गर्ने छ ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, ब्रह्मकुमारी ईश्वरीय विश्वविधालय नेपाल तथा उत्तर पूर्वी भारत क्षेत्रका संयोजक परिणिता दिदी, माउण्ट आबू भारतका मिडिया विभागका प्रमुख तथा सम्पादक डा गंगाधर भाईजी, ब्रह्मकुमारी ईश्वरीय विश्वविधालय नेपालका उपाध्यक्ष कमला दिदी, बह्मकुमारी महासचिव सैलेशराज बराल, नेपालका लागि मिडिया विभाग प्रमुख कृष्ण बहादुर रानाभाट, संस्थाका केन्द्रिय सदस्य नारायण भाईजीले सामुहिक रुपमा आध्यात्मिक जागृतिद्घारा विश्व नव निर्माण–२०८३ अभियानलाई दीप प्रज्वलन गरि औपचारिक रुपमा सार्वजनिक गरे ।

कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले वर्तमान समयमा समाजमा तनाव, कुलत जस्ता धेरै समस्याहरु बढ्दो रुपमा देखिएको बताए । कुनैैबेला सर्ने रोगबाट मृत्यु हुनेको संख्या गणना हुनेमा अहिले नसर्ने तर डरलाग्दो रोगबाट मृत्यु हुनेको संख्या बढ्दो रुपमा रहेको उनले उदाहरण पेश गरे । भौतिक विकास र आध्यात्मिक चिन्तनको विकास संगैसंगै हिडेमात्र मानव जिवन समृद्ध हुने उनले तर्क दिदै अब यसतर्फ लाग्नुपर्ने बताए । कुनैबेला बाटोघाटो पिच, टिनबाट पक्की घर, ठूलाठूला सुपरमार्केट, ठुला सवारीलाई विकास मानिनेमा अहिले प्रविधिसंगै विकासमा फड्कोसंगै परिभाषा परिवर्तन भएको उनले बताए ।

यसैबिच प्रशिक्षक ऋषि न्यौपानेले आध्यात्मिक जागरण तथा मूल्यनिष्ठ जीवन शिक्षा सम्बन्धि विशेष कार्यशाला तथा राजयोग ध्यान अनुभूति प्रशिक्षण दिए । आध्यात्म धर्म नभई एउटा बिचार हो जसले जिवनको अन्तरनिहित मुल्यमान्यता, संस्कृति, सभ्यतालाई जिवनमा उतार्नु पर्ने उनले बताए । मानिसहरुमा आफुलाई पहिचान र वास्तविकतालाई स्वीकार्न जरुरी रहने उनले बताए ।

कार्यक्रममा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय भैरहवाका प्रमुख शान्ति दिदिले आफु महत्वपूर्ण जिम्मेवारीसहित संचार प्रभागलाई अघि बढाउने बताईन । स्व परिवर्तनबाट विश्व परिवर्तन गर्न सकिने भन्दै उनले ज्ञान भनेको मन्त्र नभई जिवन मर्यादित बनाउन सिकाईने तर्क दिईन ।

हाल संस्थाले १४० भन्दा बढि राष्ट्रमा राजयोग शिक्षा र सेवा दिदै आएको छ । अहिले भारतमा २५ विभागहरु गठन गरेर अग्रसर रहेको छ । नेपालमा पनि केन्द्रिय बैठकबाट भर्खरमात्र ६ वटा विभागहरु गठन भएको छ ।

यसैबिच गुल्मी तम्घासमा ब्रह्मकुमारी विश्वविद्यालयको शाखा (ओम शान्तिको सेन्टर) स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनु भएकी स्वर्गीय वविता माताको स्मरणमा सोक सभा एव भोग लगाउने कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा परिवारका तर्फबाट छोरी कल्पना भण्डारी, छोरा डा. दामोदर भुसाल, बुहारी विष्णु भुसालको समेत उपस्थिति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्