काठमाडौं,२७ जेठ । नेपाली बजारमा आज (बुधबार)सुन–चाँदीको भाउ घटेको छ । बुधवार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार तोलामा दुई हजार रूपैयाँ बढेको सुनको भाउ बुधवार प्रतितोला १० हजार एक सय रूपैयाँ घटेको हो । बुधबार चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा चार हजार सात सय ४० रूपैयाँमा किनबेच भइरहेको महासघंले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ८५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1

















