Spread the love

बुटवल, २४ जेठ ।
रुपन्देहीका औषधी ब्यवसायीहरुलाई एक दिने सामाजिक सुरक्षा कोष तथा परिवर्तित करका दर एवं राजस्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजनामा आईतबार बुटवलको मिलनचोकस्थित सिद्धार्थ कटेजमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष, करका नयाँ दर तथा राजस्व व्यवस्थासम्बन्धी विषयमा औषधि व्यवसायीहरूलाई जानकारी गराइएको थियो । कार्यक्रममा प्रशिक्षक सिए सगुण खनाल, आन्तरिक राजस्व कार्यालयका अधिकृत शोभाकान्त पंगेनी तथा सामाजिक सुरक्षा कोष कार्यालय बुटवलका प्रमुख केदार पौडेलले सहजीकरण गर्दै सम्बन्धित कानुनी व्यवस्था, कर प्रणालीमा भएका परिवर्तन तथा सामाजिक सुरक्षा कोषका प्रावधानबारे जानकारी गराएका थिए । साथै सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै व्यवसाय सञ्चालनका क्रममा देखिने कर तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा आवश्यक सुझावसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हरिप्रसाद अर्याल, संघका पूर्व केन्द्रीय अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवाली, शाखाका विशेष सल्लाहकार सुनिल श्रेष्ठ, संस्थापक अध्यक्ष सुरज भट्टराई, नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्गबहादुर बस्नेतले रुपन्देही शाखा, उपकोषाध्यक्ष तथा कार्यक्रम संयोजक उमेशचन्द्र आचार्य, महासचिव कृष्णप्रसाद शर्मा पोखरेलले सञ्चालन गर्दै आएका यस्ता कार्यक्रमले व्यवसायीहरूको ज्ञान, सीप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्