Spread the love

 

बुटवल, १८ जेठ ।

लुम्बिनी प्रदेश क्रिकेट संघले यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८३ का लागि लुम्बिनी प्रदेशको महिला टोली घोषणा गरेको छ। संघले सार्वजनिक गरेको टोलीको कप्तानी अञ्जी पाठकले गर्ने भएकी छन् भने अस्ना चौधरी उपकप्तान चयन भएकी छन् ।

घोषित टोलीमा रितु रावल, कस्तुर गौचन, युनिशा सारु मगर (विकेटकिपर), आशिका भट्टराई, पूर्णिमा दांगी, कप्तान अञ्जी पाठक, आयुषा भुसाल, उपकप्तान अस्ना चौधरी, सुप्रिया बुढा मगर, योजना थापा, बिमला पुन मगर, क्रिष्टी पाण्डे, सृजना खड्का र समीक्षा खत्री रहेका छन्।

टोली व्यवस्थापनअनुसार युनिशा सारु मगरलाई विकेटकिपरको जिम्मेवारी दिइएको छ ।त्यसैगरी रिजर्भ खेलाडीमा मुना बुढा, जयन्ती चन्द, जोरा हसन र सुसिता घर्ती मगरलाई राखिएको छ। टोलीको प्रशिक्षक (कोच) सन्जु के.सी. र टिम म्यानेजर विष्णु पाठक (इशु) रहेका छन् ।

लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरद्वारा जारी पत्रअनुसार उक्त टोली यू–१९ महिला राष्ट्रिय प्रतियोगिता २०८३ मा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्