Spread the love

बुटवल, जेठ १८ । लखन ब्रदर्श युथ क्लब, बुटवल–८, रुपन्देहीले बि भि एस नेपाल सँगको संयुक्त आयोजनामा जलन सम्बन्धी युवा अभिमुखीकरण तथा समुदायस्तरीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बि भि एस नेपाल का फिल्ड म्यानेजर निर्मल न्यौपाने र फिजिसियन डा. गोकुल पौडेलले जलनबाट बच्ने उपाय, प्राथमिक उपचार, उपचार प्रक्रिया तथा पुनस्र्थापना सम्बन्धी जानकारीमूलक प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष सुदीप खत्रीले यस्ता सचेतनामूलक कार्यक्रमलाई बुटवल उपमहानगरपालिकाका सबै वडा तथा सामुदायिक विद्यालयसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

त्यसैगरी, बि भि एस नेपाल का प्रतिनिधिले आर्थिक अवस्था कमजोर भई जलनबाट प्रभावित भएका व्यक्तिहरूको उपचार तथा पुनस्र्थापनामा संस्थाले लखन ब्रदर्श युथ क्लबसँग सहकार्य गर्दै आएको जानकारी गराए। बुटवल उपमहानगरपालिका वडा नं. ८ मा आयोजित कार्यक्रम क्लबका अध्यक्ष सुदीप खत्री को अध्यक्षतामा तथा वडा नं. ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा स्वास्थ्य स्वयंसेविका, विभिन्न आमा समूहका प्रतिनिधि, क्लबका पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्