Spread the love

काठमाडौँ, १८जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत प्रस्थान गर्ने भएका हुन् ।

रास्वपाका प्रवक्ता मनिष झाले प्रेस विज्ञप्ति जारी गर्दै यस भ्रमणबारे औपचारिक जानकारी दिएका हुन् । भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा उच्च स्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यसूची रहेको विज्ञप्तिमा उल्लेख छ ।

उनले भाजपाका शीर्ष नेतृत्वसँग द्विपक्षीय हित र राजनीतिक विषयमा छलफल गर्नेछन् । राजनीतिक भेटघाटका अतिरिक्त लामिछानेले भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै सिलसिलामा उनले अयोध्याको व्यक्तिगत भ्रमण समेत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

भ्रमण तालिका अनुसार उनी जेठ २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्