Spread the love

बुटवल, १७ जेठ ।
नेपालको वर्तमान शिक्षालाई ब्यवहारिक र जीवनउपयोगी बनाउनुपर्नेमा जोड दिईएको छ । ‘भविष्यको शिक्षाका लागि शैक्षिक रुपान्तरण, शिक्षण सिकाइमा समय अनुकुल परिवर्तन’ भन्ने नारासहित रुपन्देहीको सैनामैनामा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्ने बक्ताहरुले सो कुरा बताए ।

विश्व विद्यालय अनुदान आयोगको सहयोगमा शहिद नारायण पोखरेल रामापुर क्याम्पस सैनामैनाको आयोजनामा शनिबारदेखी २ दिने राष्ट्रिय सम्मेलन शुरु भएको हो । शैक्षिक विज्ञहरुले कक्षाकोठामा पढाउने भन्दा व्यवहारिक रुपमा जीवनउपयोगी रुपमा परिवर्तन गराउन जरुरी रहेको औल्याए ।

शनिबार सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्व विद्यालयका रजिष्टार महानन्द चालिसेले शिक्षालाई समय अनुसार प्रविधिमैत्री बनाउदै व्यवहारिकतामा जोड्नुपर्ने बताए । शिक्षाकै कारण रोजगार सृजना हुने तथा सभ्य र देशप्रेमी नागरिक उत्पादन हुनेतर्फ ध्यान दिएर पाठ्यक्रम तयार गर्नुपर्नेमा जोड दिए ।

क्याम्पसका अध्यक्ष यदुलाल पन्थले देशका ग्रामिण क्षेत्रमा शिक्षाप्रदान गर्दै आएको सामुदायिक क्याम्पसहरुलाई उपयोगी नीति सरकारबाट बनाउन सुझाव दिए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख हेमबहादुर थापाले भविष्यको शिक्षाका लागि रुपान्तरीत शिक्षा, कृतिम वौद्धिकता, व्यवहारिक शिक्षा लगायतका बारेमा सहज सिकाइका लागि कार्यक्रम आयोजना गरिएको बताए । सम्मेलनमा सहभागी शैक्षिक व्यक्तित्वहरुले शिक्षण र सिकाइलाई एकअर्कोमा सहज रुपमा रुपान्तरण गर्ने र समयअनुसारको शिक्षा दिने बारेमा बहस गरेका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्