Spread the love

काठमाडौँ ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । उपाधि रक्षा गर्नका लागि पीएसजीले आर्सनललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो ।

हंगेरीको बुडापेष्टमा आर्सनलका लागि खेलको छैटौं मिनेटमा काइ हाभार्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका ओसमान डेम्बेलेले पेनाल्टीमार्फत खेलको ६५ औं मिनेटमा बराबरी गोल गरे । थपिएको अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

आर्सनलका लागि पेनाल्टी सुटआउटमा इबरेची एजी र ग्याब्रिएल गोल गर्न चुके । इंग्लिस च्याम्पिययनले खेललाई १ सय २० मिनेटसम्म लम्ब्याए पनि भाग्यले सात दिएन् । यसअघि २००६ मा उपविजेता बने आर्सनल दोस्रो पटक उपाधि नजिक पुगेर उपविजेतामै चित्त बुझाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्