बुटवल, १७ जेठ ।
पत्रकारहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यका साथ बुटवलमा कृतिम बौद्धिकताको प्रयोग सम्बन्धमा प्रशिक्षण संचालन गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले पत्रकारहरुलाई १० दिने प्रशिक्षण कार्यक्रम गरेको हो ।
एक समारोहका बिच तालिमको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले आइतबार उद्घाटन गर्दै नयाँ प्रविधि र ज्ञान हरेक पेशाका मानिसहरु जरुरी रहने बताए । सुचनाप्रविधिकै क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई यसको ज्ञान बढी जरुरी रहने उनको दाबी छ । एआई प्रविधिको उच्चतम प्रयोग र चुनौतीलाई व्यावसायीक प्रयोजनमा बदल्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सूचना तथा सञ्चार प्रतिष्ठानका संयोजक एवं फोनिजका केन्द्रीय सचिव मिलन गाहा, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेले तालिमको महत्वबारे प्रकाश पारे ।
तालिममा श्रब्यदृष्य सम्पादन, कृतिम बौद्धिकताको पत्रकारितामा प्रयोग, खोजमूलक समाचार लेखन तथा तथ्यको प्रयोग लगायत विषयमा विभिन्न प्रशिक्षकहरुबाट प्रशिक्षण दिइने फोनिज रुपन्देहीका अध्यक्ष मीन रानाले बताए ।



















