काठमाडौं, १७ जेठ । नेपाली बजारमा आज (आइतबार)सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार प्रतितोला दुई लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार भने तोलामा २० हजार पाँच सय रूपैयाँ बढेको हो । आइतबार चाँदीको मूल्य पनि बढेको छ ।
शुक्रबार प्रतितोला पाँच हजार ४० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच हजार तीन सय ४५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















