काठमाडौ,५जेठ । नेपाली बजारमा आज (मंगलबार)सुन–चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला पाँच सय रूपैयाँ बढेर प्रतितोला दुई लाख ९५ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी ४५ रूपैयाँ बढेर पाँच हजार ८५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1




















