Spread the love

काठमाण्डौ ।
एकदिवसीय क्रिकेटमा सन्दीप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । सोमबार विश्वकप लिग–२ अन्तर्गत ३ विकेट लिँदै उनी एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका हुन् । सन्दीपले ७३ खेलमा १५० विकेट लिएका हुन् । यसअघि यो रेकर्ड अस्ट्रेलियाली खेलाडी मिचेल स्टार्कको नाममा रहेको थियो । मिचेलले ७७ खेलमा १५० विकेट लिएका थिए ।

एकदिवसीय क्रिकेटमा १५० विकेट लिने बलर धेरै भए पनि थोरै खेलमा यो सफलता हासिल गर्ने रेकर्ड भने सन्दीपले लेखाउन सकेका हुन् । लेग स्पिनर सन्दीपले छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै विश्व क्रिकेटमा आफ्नो अलग पहिचान बनाएका छन् । उनले लगातार उत्कृष्ट बलिङ गर्दै नेपाललाई महत्वपूर्ण जित दिलाउँदै आएका छन् ।
मिचेलको रेकर्ड पनि ५ वर्षभन्दा बढी समय कसैले तोड्न सकेको थिएन । सोमबारको खेलमा सन्दीपले जर्ज मुन्सी, ब्रान्डन मकमलेन र म्याथ्यु क्रसको विकेट लिएका हुन् ।

एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रेकर्ड पनि सन्दीपकै नाममा रहेको छ । उनले ४२ खेलमा १०० विकेट लिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्