Spread the love

रुपन्देही ।
इलाका प्रहरी कार्यालय लुम्बिनी र प्रहरी चौकी सुक्रौलीआमाबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध माटो उत्खनन् तथा ओसारपसारमा संलग्न पाँच वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार शुक्रबार रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ अमवा क्षेत्रमा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानी भइरहेको सूचनाका आधारमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा प्रहरीले लु ४ त ९२९९ नम्बरको ट्याक्टर लोडर, लु ४ त ८९६३ नम्बरको ट्याक्टर, लु २ त ९१४३ नम्बरको ट्याक्टर, लु ४ त ६०४१ नम्बरको ट्याक्टर तथा नम्बर नखुलेको एक ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारवाहीका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्