Spread the love

बुटवल, १ जेठ ।
लुम्बिनी निर्माण व्यवसायी संघले आफ्ना माग सम्बोधनको दबाबस्वरूप चरणवद्ध आन्दोलनलाई निरन्तरता दिएको छ । आन्दोलन अन्तर्गत संघले विभिन्न सरकारी कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रमलाई तीव्र बनाएको हो ।

संघका अध्यक्ष रमेश बेल्बासे, महासचिव प्रितम रौनियार लगायत पदाधिकारी तथा सदस्यहरूले शुक्रबार भैरहवास्थित शहरी विकास तथा भवन कार्यालय रुपन्देही, सडक डिभिजन कार्यालय रुपन्देही र सिँचाइ डिभिजन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका हुन् । त्यसैगरी बुटवलस्थित भौतिक पूर्वाधार विकास कार्यालय रुपन्देही तथा सघन शहरी तथा भवन निर्माण कार्यालय रुपन्देहीमा समेत संघले ज्ञापनपत्र पेश गरेको जनाएको छ ।

निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न समस्या समाधान, भुक्तानी प्रक्रिया सहज बनाउन तथा व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गर्दै आन्दोलन जारी राखेको अध्यक्ष बेल्बासेले खस्यौलीखबरलाई बताए । छिमेकी देश भारतमा महगीलाई मध्येनजर गरि सरकारबाट राहत दिएको भएपनि नेपालमा भने कुनै पहल नभएको उनले दुखेसो गरे । मुल्य समायोजन र म्याद थप नभए काम गर्न नसक्ने अवस्थामा आएको उनले बताए । विकास निर्माणको ८० प्रतिशत बजेट खर्च गर्ने संस्थाका रुपमा आफुहरु रहेको भन्दै सरकारबाट समस्या समाधानमा सहजिकरण गर्न जरुरी रहेको उनको आग्रह छ । हाल ७७ जिल्ला ३२ हजार ब्यवसायीहरुलाई निमार्ण ब्यवसायमा छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्