बुटवल, १ जेठ ।
सामाजिक सेवामा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफनो २५ औ चार्टर डे तथा रजत जयन्ती मनाएको छ । क्लबका २५ वर्षको अवधिमा गरेका कामको समिक्षा तथा शुभकामना आदानप्रदान गरि शुक्रबार बुटवलमा दिवस मनाईएको हो ।
कार्यक्रममा क्लबका असाईन एजी शिव प्रसाद गौडेलले क्लब स्थापना लामो ईतिहास बनाउदासम्म विकास र संस्कार सिक्ने सिकाउने थलोका रुपमा रहेको बताए । यसमा क्लबका संस्थापक, पूर्वअध्यक्षm पदाधिकारीहरुको योगदान महत्वपूर्ण रहेको बताए । रोटरीको मर्म स्वार्थभन्दा माथि रहेर समाज गरेका सेवाका कारण क्लब रिजन ५ मात्र नभई डिष्ट्रिकमै आफनो पहिचान बनाउन सफल रहेको उनले बताए । २५ औ वर्षको अवसरमा क्लबको विशेष लोगो र स्लोगन समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा चार्टर सदस्य भिम तुलाचन, एजाज आलम, मान बहादुर बिकलाई सम्मान गरिएको क्लबका सचिव सिए केशव बश्यालले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष बाबुराम बन्जाडेले २५ वर्षको अवधिमा भएका मुख्य उपलब्धिहरु सार्वजनिक गर्दै गौतम बुद्ध सामुदायिक मुटु अस्पताल स्थापना, आम्दा अस्पतालमा स्वास्थ्य सामग्री सहयोग तथा गार्डेन निर्माण, एम्बुलेन्स संचालन जस्ता समुदायका हितमा रहेर उदाहरणिय कामहरु भएको बताए । यसैगरि डिष्ट्रिक ग्राण्डबाट समुदायमा विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्री हस्तान्तरण, गुल्मीमा १० लाख रुपैया बराबरको २० वटा कम्प्युटर हस्तान्तरण, रोल्पाको विद्यालयमा सहयोग, सेमरामा पिउनेपानी ब्यवस्थापनमा लगायतका कामको स्मरण गरे । यसैगरि यस वर्ष दुई वटा परियोजनाहरु सामुदायिक विद्यालयका शिक्षकहरुलाई एआई तालिम र सन्धिखर्कमा आरएलएम अन्तरगत शैक्षिक विकासको कार्यक्रमबारे उनले प्रकाश पारे ।
कार्यक्रममा क्लबका संस्थापक सदस्य एजाज आलमले यस क्षेत्रमा रोटरीको तेस्रो क्लबका रुपमा स्थापना भएको स्मरण गर्दै सदस्य बनाउदा रोटरीबारे बुझाएर ल्याउनुपर्ने आग्रह गरे । गौतमबुद्घ सामुदायिक अस्पतालको पहिलो ग्लोबल ग्राण्ड गरेको क्लबका रुपमा रहेको हुदा पनि अस्पताललाई थप विशिष्टिकृत सेवा दिने गरि अघि बढाउन निरन्तर साथ र सहयोग जरुरी रहने बताए ।
कार्यक्रममा क्लबका प्रेसिन्डेन्ट काउन्सिलका अध्यक्ष राजेन्द्र ढकालले स्थापनाकालको स्मरण गर्दै समुदाय लक्षित परियोजनाबाट गरेको महत्वपूर्ण योगदानको विषयमा बताए ।
कार्यक्रममा धर्मराज ज्ञवालीले अध्यक्षतामा वर्ष २०२६/२७ को बोर्ड फर्मेसन समेत गरिएको छ । समाजसेवा, नेतृत्व विकास, शिक्षा, स्वास्थ्य, मानवीय सहायता तथा सामाजिक रूपान्तरणका क्षेत्रमा योगदानका आफ्नो कार्यकालमा नया कार्यसमिति सार्वजनिक गर्दै कार्ययोजना तयारी बारे जानकारी समेत ज्ञवालीले दिए ।





















