Spread the love

बुटवल, १ जेठ ।
होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही र आले डेन्टल कस्मेटिक स्टुडियो बिच स्वास्थ्य सेवा सम्झौता भएको छ । संघमा आबद्ध सदस्य, कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले दुई पक्षबीच सम्झौता गरिएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच संघका अध्यक्ष माधव कुमार खनाल र प्रालिका कार्यकारी प्रमुख दिपेन्द्र रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । सम्झौताअनुसार संघका सदस्यहरूले आले डेन्टल कस्मेटिक स्टुडियोबाट प्रदान गरिने विभिन्न दन्त उपचार सेवामा विशेष छुट पाउनेछन् । सामान्य उपचार सेवाअन्तर्गत दन्त परीक्षण तथा परामर्श, स्केलिङ एण्ड पोलिसिङ, साधारण दाँत भर्ने, दाँत निकाल्ने, बालबालिकाको दाँत उपचार, डिजिटल एक्स–रे, कस्मेटिक डेन्टिस्ट्री तथा रुट क्यानल उपचारलगायत सेवामा १० देखि २० प्रतिशतसम्म छुट प्रदान गरिने उल्लेख गरिएको छ ।

कार्यक्रममा कार्यकारी प्रमुख दिपेन्द्र रानाले समुदाय केन्द्रिय रहेर विभिन्न संस्थाहरुसंग आफुहरु सहकार्य गर्दै आएको भन्दै यो नया सम्झौताबाट थप बल पुगेको बताए । सम्झौताले व्यवसायी र उनीहरूका परिवारमा दन्त स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि हुनुका साथै सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा प्राप्त गर्न मद्दत पुग्ने उनले बताए ।

कार्यक्रममा संघका अध्यक्ष माधव कुमार खनालले ब्यवसायीहरुको हकहित, दक्षता अभिवृद्धिमात्र नभई सामाजिक र ब्यक्तिगत स्वस्थ्य सचेतनामा समेत आफुहरु संस्थागत रुपमा अग्रसर रहेको बताए । दात र मुख सम्बन्धी महत्वपूर्ण सेवाको सहकार्यबाट संस्थागत सहकार्यमा ईट्टा थप्ने काम हुने बताए । एक वर्षका लागि गरिएको सम्झौता अनुसार प्रत्येक ब्यवसायी र ब्यवसायीहरुको परिवारलाई समेत छुट ब्यवस्था हुने उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, दिघ्तिय उपाध्यक्ष प्रेम भट्टराई, संघका सचिव तुल्सीराम पराजुलीले दात र मुख स्वस्थ्य अहिले सबैभन्दा धेरै आवश्यक र जरुरी सेवाको रुपमा रहेको बताए । हाल १२०३ जना ब्यवसायीहरु संघमा आवद्घ रहेका छन । डेन्टलको बुटवलसहित बर्दघाट, सुनवल, भुमही, मणिग्राम लगायतका जुनसकै शाखाहरुमा यो सेवा लिन सकिने ब्यवस्था रहेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्