Spread the love

बुटवल, ३१ वैशाख ।
बुटवल उपमहानगरपालिका वडा नं. ११ स्थित शिव टोल विकास संस्थाको भवन शिलन्यास गरिएको छ । संस्थाको अध्यक्ष शालिकराम पौडेलसहित पदाधिकारी, सल्लाहकारद्धारा बिहिबार भवनको विधिवत भूमिपुजन र शिलन्यास गरिएको हो ।

संस्थाको आफ्नै सवा दुई धुरमा साढे ३ तल्ला भवन निर्माण गरिने संस्थाका सचिव तारादेवि लम्सालले बताए । संस्था समुहगत रुपमा एकतावद्ध भएर सामाजिक कार्यमा अग्रसर रहदै आएको छ ।

टोलमा रहेको शिवालय मन्दिर ब्यवस्थापन, सरसफाई, विभिन्न चाडपर्वमा संरक्षणका अभियान चलाउदै आएको शिव टोल विकास संस्थाका अध्यक्ष शालिकराम पौडेलले बताए । बुटवल उपमहानगरपालिका वडा नं ११ मा करिब १८५ घरधुरी संस्थामा आवद्ध छन ।

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्