Spread the love

बुटवल, ३१ वैशाख ।
लियो क्लब अफ बुटवलको आयोजनामा रुपन्देही जिल्ला स्तरीय ‘क्याडेट पुरुष एकल’ टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । बुटवलको सुख्खानगरस्थित जेन्जी टेबल टेनिस क्लबमा आयोजित प्रतियोगितामा दीप बोर्डिङ हाई स्कूलका यथार्थ क्षेत्री प्रथम, लुम्बिनी बोर्डिङ स्कूलका संयोग खड्की द्वितीय भएका छन् । त्यसैगरी एभरेष्ट इङ्लिस बोर्डिङ सेकेन्डरी स्कूलका ओशन कायत र गार्गी एकेडेमीका सुशान्त सारुले तृतीय स्थान हासिल गरेका छन् ।

एक कार्यक्रमका बिच नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला टेबल टेनिस संघका अध्यक्ष नरबहादुर क्षेत्री र लियो क्लब अफ बुटवलका एडभाइजर शरदमान श्रेष्ठ, कार्यक्रम संयोजक महेश खनालले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको लियो क्लब अफ बुटवलका अध्यक्ष सागर भुसालले बताए । लियो क्लब अफ बुटवलले युवाहरूको नेतृत्व विकास र समाजसेवामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै आएको उनको दाबी छ । खेलकुद कार्यक्रममार्फत विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन तथा खेलप्रति आकर्षण बढाउन सहयोग पुग्ने गरि कार्यक्रम गरिएको उनले बताए । प्रतियोगितामा विभिन्न विद्यालयका खेलाडीबीच प्रतिस्पर्धात्मक खेल भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्