Spread the love

बुटवल, ३१ वैशाख ।
बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लब काठमाण्डौ र नेपाल पुलिस क्लब बिच खेल हुने भएको छ । विहिबार भएको दोस्रो सेमीफाईनलमा संकटा क्लबले अभिषेक चर्च रजहरलाई ५–१ ले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हो । फाईनल खेल शनिबार हुने छ ।

सिद्धेश्वर खेलमैदानमा भएको खेलमा संकटाको जितको लागि विदेशी खेलाडी लुसिया जोसे र कुइनाबेल अमङ्क्राले २÷२ गोल गरिन । यसैगरि भुमा ओलीले १ गोल थपिन् । अभिषेकका लागि सुनिता सुनारले सान्त्वना गोल गरिन् । खेलमा लुसिया जोसे प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

प्रतियोगिताको उपाधि विजेतालाई नगद २ लाख ५० हजार, उपविजेतालाई नगद १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १०/१० हजार पुरस्कार रकमबाट पुरस्कृत गरिने परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिम प्रतिस्प्रर्धामा रहेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्