Spread the love

काठमाडौँ ।
भारतमा जारी इंण्डियन प्रिमियर लिग २०२६ (आइपिएल) मा गुजरात टाइटन्स लगातार पाचौसंगै अंकतालिकाको शिर्षस्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा गुजरातले सनराइजर्सलाई ८२ रनले पराजित गरेको हो । गुजरातले दिएको १६९ रनको लक्ष्य पछाएको सनराइजर्स १४.५ ओभरमा अल आउट हुदै ८६ रन मात्र बनाएको थियो ।

सनराइजर्सका लागि कप्तान पाट कमिन्सले सर्बाधिक १९ रन बनाए भने सलिल अरोराले १६ र हेइनरिच क्लासेनले १४ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर कागीसो रबाडा र जासन होल्डरले ३–३ र प्रसिद्ध कृष्णले २ विकेट लिएका थिए । त्यस्तै मोहमद सिराज र रशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाउदै १६८ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ६१, वाशिंटन सुन्दरले ५० र निशान्त सिन्धुले २२ रन बनाएका थिए । सनराइजर्सका प्रफुल हिंगे र सकिब हसनले २–२ विकेट लिएका थिए ।

गुजरातको १२ खेलमा १६ अंक रहेको छ । त्यस्तै सनराइजर्सको भने १२ खेलमा १४ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकोता नाइट राइडर्सबीच खेल हुदैछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्