तिनाउ, २५ वैशाख । वनजंगल जोगाउने उदेश्यले तिनाउ गाउपालिकाका विभिन्न विधालयमा सचेतनामुलक कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय पाल्पा र तिनाउ सवडिभिजन वन कार्यालय तिनाउको सहयोगमा सामुदायिक वन समन्वय समिति तिनाउ, पाल्पाको आयोजनामा दोभान माबिमा एक दिने वन डढेलो ब्यवस्थापन सम्बन्धी विधालयमा सचेतीकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सामुदायिक वन समन्वय समिति तिनाउ, पाल्पाका अध्यक्ष दल बहादुर गुरुङले सहजिकरण गर्दै वन संरक्षणको जिम्मेवारी नँया पुस्तामा आएको बताए । अध्यक्ष गुरुङले सामुदायिक वन जोगाउने अभियानमा विधालयस्तरबाट नै सचेतना जरुरी रहेको बताए ।
यस अघि तिनाउ गाउपालिकाको तिलोत्तमा माबि,थानिडाडा माबि, कल्याणी आधारभुतमा समेत कार्यक्रम गरिएको महासचिव गणेश रासकोटीले बताए। कार्यक्रममा कक्षा ८ देखि १० सम्मका एक सय जना बिधार्थीको सहभागिता रहेको थियो ।




















