Spread the love

बुटवल, १४ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कप खुला नकआउट फुटबल प्रतियोगितामा विभागीय सेनाको तारा दल गण, बुटवलको टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग, लखन युवा क्लबको आयोजनामा सोमबार सम्पन्न चौथो तथा अन्तिम क्वाटरफाइनलमा तारा दल गणले योङ ब्वाईज एफसी, देवदहलाई २–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

रामनगरस्थित खेलमैदानमा भएको खेलमा तारा दल गणको जितमा भुपाल बरम र जस्मिन लिम्बुले गोल गरे । खेलका क्रममा रेफ्रीले हिमेश माझीलाई रातो कार्ड देखाउँदा योङ ब्वाईज दश खेलाडीमा खुम्चिएको थियो । यद्यपि खेलको नतिजा भने २–० मै सकियो । खेलमा तारा दल गणका गोलरक्षक सुरेन्द्र बुडा म्यान अफ द म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो क्वाटरफाइनलमा साविक विजेता देवदह ब्वाईज, देवदह र शिवनगर युवा परिवार, बुटवल बीच हुने खेल संयोजक राम थापाले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्