Spread the love

बुटवल, १४ वैशाख ।
लक्ष्मी पार्कभित्रको उजाड र पहिरो जोखिमयुक्त पाखो अहिले सुन्दर बगैचा बनेको छ । चार वर्षअघि मर्निङ वाककै क्रममा केही युवाहरूले पार्क क्षेत्रमा रहेको त्यो स्थानलाई पर्यटनमैत्री बगैचा बनाउने सोच अघि सारेका थिए ।

करीब एक महिनाको छलफल पछि लायन्स क्लब अफ बुटवलको अगुवाइमा लायनेस क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलको सहकार्यमा बुटवल उपमहानगरपालिका–४ मा रहेको लक्ष्मी पार्कभित्र लायन्स पार्क बनाउने निर्णय भएको संयोजक महेश श्रेष्ठले बताए । ‘पाच वर्षे दीर्घकालीन योजना बनाएर सन २०२२/२३ मा निमार्ण शुरु भयो ।’– उनले भने । विभिन्न चरणमा बास र हेजका बिरुवा सो क्षेत्रमा लगाईए ।

अहिले ति बिरुवाहरु हुर्किएका छन । पहिलो वर्ष १२ लाख रुपैया खर्चमा जमिन सम्याउने, फुटपाथ बनाउने, करीब १२ हजार वर्गमिटरमा दुबो रोप्ने काम भयो । आधा जमिनमा हेज र बासका बिरुवा रोपियो ।

दोस्रो वर्ष बाकी रहेको जमिनमा हेज र बास रोप्ने तथा गेट निमार्ण भयो । तेस्रो वर्ष अन्य बिरुवा र फलफुलका बिरुवा रोप्ने काम भयो । उक्त योजनाको अन्तिम चरणको काम गर्न बुटवल उपमहानगरपालिकाबाट फुटपाथमा टायल लगाउन बजेट बिनियोजन गरिएको क्लबका अध्यक्ष प्रतिक पोखरेलले बताए । पार्कको संरक्षण, हरियाली विस्तार तथा सुरक्षित पूर्वाधार निर्माणमा यो योजनाबाट टेवा पुगेको छ । अर्कोतर्फ शहरी व्यस्त जीवनशैलीबीच बिहानको मर्निङ वाकका लागि यी स्थान आर्कषणको केन्द्र बन्दै गएको छ ।

भिडियो रिर्पोट

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्