Spread the love

भैरहवा, १३ बैशाख ।
भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ मा अन्तिम चार टिमको टुगो लागेको छ । आईतबार भएको खेलमा न्यू होराइजनले बुटवल युथ स्पोटर्स क्लबलाई १ सय २३ रनको विशाल अन्तर तथा तिरुपतिले एमएसएमटी राम सीए गोरखपुरलाई ६ रनले पराजित गरेर सेमिफाइनल स्थान बनाएसंगै अन्तिम चारको टुगो लागेको हो । यसअघि आयोजक लुम्बिनी खुकुरी क्लब र भरतपुर क्रिकेट एकेडेमी सेमिफाइनलमा स्थान बनाएका छन ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको आईतबारको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले ६ विकेट गुमाएर २ सय ९ रन बनायो । न्यू होराईजनका लागि अमर मिश्राले १ सय २० रनको शतकीय पारी खेले । यस्तै, आरिफ खानले ४२, तुलबहादुर थापाले अविजित १३ र ड्रस सुनारले ११ रन बनाए । बुटवल युथका निराजन भट्टराईले २ तथा सन्तोष कौसल र अजय चौधरीले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल युथले १५.१ ओभरमा केवल ८६ रनमा समेटियो । उसलाई सस्तैमा रोक्न होराइजनका प्रिन्स पाल र तुलबहादुर थापाले ३–३, निर्मल गुरुङले २ तथा आलिसन अधिकारी र सुरज खड्काले १–१ विकेट लिए । बुटवल युथका शिव कुँवरले २८, कृष्ण चापागाईंले १७ रन बनाए । खेलमा अमर मिश्रा प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले ६ विकेट गुमाएर २ सय १८ रनको बलियो योगफल बनायो । उसका लागि आकाश त्रिपाठीले ६६, सार्दुल त्रिपाठीले ६१, इमरान शेखले ५३ रन बनाए । बलिङमा एमएसएमटी राम सीएका राहुल सिंह र सन्दीप मित्तलले २–२ विकेट लिए । विशाल लक्ष्य पछ्याएको एमएसएमटी राम सीए ४ विकेट गुमाएर २ सय १२ रनमात्र बनाउन सफल भयो । उसका लागि सन्दीप मित्तलले ७३, निखिल प्रतापले ५९, आदित्य पाण्डेले अविजित ४४ र आनन्द दुवेले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन । तिरुपतिका रमेश कुर्मी, वीरबहादुर घर्ती, मोहम्मद हुसेन र नरेश साउदले १–१ विकेट लिए । खेलमा आकाश त्रिपाठी प्लेयर अफ द म्याच भए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्