Spread the love

भैरहवा, १२ बैशाख ।
भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत शनिबारको खेलमा विजयी हुँदै लुम्बिनी खुकुरी क्लब र भरतपुर क्रिकेट एकेडेमी सेमिफाइनल स्थान बनाएका छन । खुकुरीले एमएसएमटी सीए एकेडेमी नौतनवालाई १५ रन तथा भरतपुरले नेपथ्य तिलोत्तमा क्रिकेट एकेडेमीमाथि ७ विकेटको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले १९.५ ओभरमा १ सय ६३ रनमा अलआउट भए । जसमा शिभान्स कपुरले ९४, प्रशान्त श्रीवास्तवले २९ र सन्दीप रजालीले १३ रन जोडे । एमएसएमटीका नितिन त्रिपाठीले ३, राज गौड र मोहम्मद जैदले २–२ विकेट लिए । जवाफी ब्याटिङ गरेको एमएसएमटी १८.६ ओभरमा १ सय ४८ रनमा समेटियो । उसका लागि शिवम सिंहले ४३, आर्यन अग्रहरीले २९, नितिन त्रिपाठीले १८, सक्षम शर्माले १६ र प्रिन्स साहनीले ११ रन बनाए । खुकुरीका अजयकुमार चौहानले ३, अकलेश यादव र बैतुल्लाह खानले २–२ विकेट लिए । खेलमा शिभान्स कपुर प्लेयर अफ द म्याच भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपथ्यले ९ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि लक्ष्मण कुमालले ३४, अमन बोहराले २१, जय गोदारले २०, आशुतोष पाण्डेले ११ र रोशन घिमिरेले १० रन बनाए । भरतपुरका दीपेश श्रेष्ठ, सुदीप अर्याल र कमल परियारले २–२ विकेट हात पारे । प्रतिउत्तरमा भरतपुरले १३ ओभर १ बलमा ३ विकेट गुमाएर १ सय १८ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा गौरव विकले ४९, प्रतीक श्रेष्ठले नटआउट ३३ र दीपेश श्रेष्ठले अविजित १५ रनको योगदान गरे । नेपथ्यका सागर भण्डारी, कृष्ण भुसाल र आशुतोष पाण्डेले समान १–१ विकेट लिए । खेलमा दीपेश श्रेष्ठ प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्