बुटवल, १२ वैशाख ।
लायन्स ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पी नेपालको वर्ष २०२६/२०२७ को डिष्ट्रिक क्याबिनेट अफिसर्स घोषणा गरिएको छ । डिष्ट्रिक अन्तरगतको पाच वटा एरिया, १८ रिजन, ४० जोनहरुको टिमहरु घोषणा गरेको हो ।
शनिबार एक समारोहका बिच एलसिआईएफ एरिया लिडर अरुणप्रताप राणाले उद्घाटन गर्दै लायनबाद र सामाजिक कार्यको बारेमा प्रकाश पार्दै नेपालसहित विभिन्न देशमा मानवसेवा, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताए ।
कार्यक्रममा आईपिडिजि बालाराम भट्टराईले क्लबमा प्रवेशसंगै नेतृत्व विकास जरुरी रहेको बताए । हरेक क्लबहरु आफनो वार्षिक योजना बनाएर लाग्न उनले सुझाव दिए । अन्तराष्ट्रियमा समेत पहिचान दिने गरि मिसन १.५, काठमाण्डौमा हुने स्कुलिङलाई सफल बनाउने र मल्टिपलमा ससक्त भुमिका दिनेतर्फ विशेष लाग्नसमेत आग्रह गरे ।
नेपालमा लायन्स क्लबहरूले विशेषगरी आँखा उपचार (मोतीबिन्दु अप्रेसन), रक्तदान कार्यक्रम, विपद् राहत, निःशुल्क स्वास्थ्य शिविर तथा शैक्षिक सहयोगजस्ता कार्यहरू सञ्चालन गर्दै आएका भन्दै ग्रामीण तथा विपन्न समुदायसम्म पुगेर स्वास्थ्य सेवा र जनचेतना जस्ता कार्यक्रमलाई समेटेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा डिष्ट्रिक गभर्नर सन्दिप कशौधनले थिङक पोजिटिभ, स्प्रिट ह्यापिनेश नारालाई सार्थक बनाउने गरि सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै एकअर्कामा भाईचारा र सहकार्यबाट सफलता मिल्ने बताए ।
कार्यक्रममा पिडिजि महेन्द्र नारायण श्रेष्ठ, सेकेण्ड भिडिजि मिना पाण्डे, सचिव आशिषकृष्ण श्रेष्ठले नया अफिसर्सहरुलाई शुभकामना दिए ।





















