काठमाडौ,११ वैशाख । सरकारका प्रवक्ता तथा शिक्षा एवं युवा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीको बल प्रयोग गरेर सुकुम्वासी बस्ती खाली नगर्ने बताएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले सुकुम्वासी बस्तीमा जबरजस्ती प्रहरीको बल प्रयोग गरेर डोजर लगाउने योजना सरकारको नरहेको स्पष्ट पारेका छन् ।देशका सबै ठाउँका सुकुम्वासीको दीर्घकालीन समाधान गरिने भन्दै उनले सुकुम्वासी माथि विगतमा हुने गरेको राजनीति अब नहुने धारणा राखे ।
पोखरेलले प्रारम्भिक चरणमा बाढीको जोखिम रहेका उपत्काका तीन वटा सुकुम्वासी बस्ती हटाइने र सुरक्षित स्थानमा राखिने पनि बताए । पार्टीको वाचापत्रमा भएका कुरा, कार्ययोजनामा भएको कुरा र निर्णयमा प्रतिबद्ध रहेको बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















